Loading... आजः बिहिबार, कार्तिक २२, २०८१
Trending

कलाकार गौत्तमलाई नागरिक अभिनन्दन


दैलेख  :   दैलेखका अग्रज कलाकार मोहन गौत्तमलाई नागरिक अभिनन्दन गरिएको छ । सङ्गीत र साधनामै पूरा जीवन समर्पण गरेका उनलाई दैलेख बजारमा अभिनन्दन गरिएको हो ।

नेपाली लोक गीत सङ्गीतको क्षेत्र सहित सामाजिक जीवनमा पुर्‍याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन तथा आजीवन उपलब्धि पुरस्कार सम्मान २०८० समेत प्रदान गरिएको छ । न्यु ज्वाला क्लब दैलेखको आयोजनामा गौतमलाई सम्मान तथा अभिनन्दन गरिएको हो । सम्मान सहित नगद रु ११ हजार १ सय ११ रुपियाँ सहित आजीवन उपलब्धि पुरस्कार समेत प्रदान गरिएको छ।
कला संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि स्थापना भएको क्लबले स्थापनाको ३० औँ वर्ष पुरा गर्दैगर्दा विगत तीन वर्षदेखि गीत सङ्गीतको क्षेत्रमा योगदान पुर्‍याउन व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । गौतमभन्दा पहिले बाध्यवाधक लक्ष्मण नेपाली, कलाकार तथा नृत्यकार दल बहादुर श्रेष्ठलाई यो सम्मान प्रदान गरिसकेको छ । सोही शृङ्खलाको निरन्तरता स्वरूप तेस्रो आजीवन उपलब्धि सम्मानबाट गौतमलाई क्लबले सम्मान गरेको जानकारी दिएको छ । जनाएको छ। बिस २०५१ सालमा रेडियो नेपालले आयोजना गरेको क्षेत्रीय लोकगीत सम्मेलनमा उनको गीत सर्वोत्कृष्ट बनेको थियो । आफ्नै धर्मपत्नी उत्तरादेवी गौतमको शब्द संयोजनमा उदले गाएको गीत के भाउ छ घरबेटी आमा, दाना सुपारीलाई रानी महलैमा गीत स्रोत माझ अहिले पनि उत्तिकै लोकप्रिय छ ।

उनको २०६४ मा यात्रा साङ्गीतिक नामक एकल गीति एल्बम सार्वजनिक रहेको छ । एल्बममा काँधमा कोदाली बोकेर, लैजान्छु लैजान्छु, बनमा बसी नरोए न्याउली, हिमालको काखबाट, नजिकबाट लाज लाग्छ जस्ता गीतहरू समेटिएका छन् ।