Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

नेपाल एयरलाइन्सले सुर्खेत– हुम्ला परीक्षण उडान भर्दै

सुर्खेत  :   नेपाल एयरलाइन्सले बिहीबार भोली सुर्खेत विमानस्थलबाट र हुम्लाको सिमकोट विमानस्थलबाट पहिलो पटक परीक्षण उडान भर्ने भएको छ । कर्णालीका चार जिल्ला मध्य हुम्ला जिल्लाबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको हो ।

 

नेपाल एयरलाइन्स सिमकोट बिमान स्थलका कर्मचारी बलराज हमालले नेपालगन्जबाट सिमकोटका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजले बिहीबार सिमकोटबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको जानकारी दिए। उनले कर्णाली प्रदेशमा नेपाल एयरलाइन्सले कर्णालीदेखि कर्णाली कै जिल्लामा पहिलो पटक उडान भर्न लागेको जनाए ।

यसका लागि सबै तयारी भएको छ । नेपाल एयरलाइन्सको जहाजले नेपालगन्जबाट सिमकोटका लागि यात्रु बोकेर जाने छ भने सिमकोटबाट सुर्खेतका लागि यात्रु बोकेर जहाज सुर्खेत विमानस्थलमा अवतरण गर्नेछ । परीक्षण उडान पछि भने नेपाल एयरलाइन्सले सुर्खेतबाटै कर्णालीका हिमाली जिल्लाहरू हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि उडान भर्नेछ ।