Loading... आजः शुक्रबार, माघ १८, २०८१
Trending

बलात्कार घटनाका कसूरदारलाई जन्मकैद

दैलेख  :   ७ वर्षीया बालिका बलात्कार घटनाका कसूरदारलाई दैलेख जिल्ला अदालतले मंगलबार जन्मकैद गरेको छ ।सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–५ नयाँबस्तीका ४९ वर्षीय राजीव गुप्तालाई २५ वर्ष काराबास ९जन्मकैद०संगै सात लाख रुपैंयाँ जरिवाना, एक लाख पचास हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय भएको हो ।

पीडित पक्षले दिएको उजुरीमा गत वैशाख २९ गते बलात्कार गरेको भनी खुलाइएको घटना प्रहरी अनुसन्धान, स्वास्थ्य परीक्षण प्रतिवेदन र अदालती तहकीकातबाट पुष्टि भएको भन्दै जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त सजाय भएको अदालतका श्रेस्तेदार उपसचिव बद्रीप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
पीडित पक्षको उजुरीका आधारमा गुप्तालाई प्रहरीले गएको जेठ ३ गते सुर्खेतस्थित घरबाट गिरफ्तार गरेको थियो ।