Loading... आजः मङ्लबार, फाल्गुन २७, २०८१
Trending

यात्रु प्रतीक्षालय नगरपालिकालाई हस्तान्तरण


दैलेख  :   सशस्त्र प्रहरी बल ६ नंं बाहिनी सुर्खेतको आर्थिक सहयोग तथा सशस्त्र प्रहरी बल आश्रित गुल्म दैलेखको श्रमदानमा दैलेख सदरमुकामको बसपार्कमा निर्मित यात्रु प्रतीक्षालय मंगलबार नारायण नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

सामाजिक उत्तरदायित्वको क्रियाकलाप अन्तरगत ६ नंं बाहिनीको एक लाख पचास हजार आर्थिक श्रोतमा निर्माण सामग्री र आश्रित गुल्म दैलेखका जनशक्ति परिचालन गरी निर्माण गरिएको यात्रु प्रतीक्षालय मंगलबार सशस्त्र प्रहरीको २३ औं वाषिर्कोत्सव पारेर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

यात्रु प्रतीक्षालय नजिकै आयोजना गरिएको औपचारिक कार्यक्रममा सशस्त्र प्रहरी बल आश्रित गुल्म दैलेखका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) द्रोण ढकालले नारायण नगरपालिकाका मेयर लोमन शर्मालाई प्रतीक्षालयको स्वामित्व हस्तान्तरण गरेका हुन

 

अभिषेक स्मृति क्लवका संरक्षक रुद्रबहादुर थापा र उद्योग बाणिज्य संघ दैलेखका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यात्रु प्रतीक्षालय नजिकै रहेको सार्वजनिक शौचालयका लागि पानी राख्न करिब १२ हजार मूल्यका दुई वटा हिलटेक ट्याँकी दिएको कार्यक्रममा जानकारी गराइएको थियो ।आश्रित गुल्म दैलेखका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) द्रोण ढकालले यात्रु प्रतीक्षालयको उचित संरक्षण गर्न नगरपालिकासंग आग्रह गरेका थिए । साभार ज्वाला सन्देश