सरकारले सुशासन दिन सकेन : ढकाल
दैलेख : नेकपा एमालेको स्थायी कमिटी सदस्य भानुभक्त ढकालले बर्तमान सरकारले सुशासन दिन नसकेको आरोप लगाएका छन । आइतवार अनेरास्वबियु कर्णाली प्रदेशको प्रथम अधिबेशन उद्दघाटन समारोहलाई सम्बोधन गर्दै दैलेख पुगेका उनले रेडियो धुब्रतारा सामुदायिक एफ एम संगको कुराकानीमा सत्ताधारी दलहरू देश र नागरिकहरू प्रति चिन्तित नभई सरकार टिकाउन देशी विदेशी शक्तिको भरमा काम गरिरहेको बताए । उनले भने एमालेलाई कमजोर बनाउनका लागी सत्तागठबन्धन दल र अन्य नयाँ दलहरु एक ठाउँमा आएपनि जनताको जनमत एमालेको पक्षमा रहेको छ ।
पछिल्लो समय ब्यबस्था माथी भएका आक्रमण प्रति लक्षित गर्दै स्थायी कमिटी सदस्य ढकालले भने यो ब्यबस्था ल्याउन महत्वपूर्ण भुमिका खेल्ने दलहरु एक ठाउँमा आउनु पर्ने हुन्छ । पूर्व मन्त्री समेत रहेका ढकालले व्यवस्थामाथि प्रहार गर्नुको साथै देशमा धार्मिक, सामाजिक सद्भाव भड्काउने र द्व द्वन्द्वको स्थितितर्फ देशलाई अग्रसर गराउने काम भइरहेको बताउँदै सरकारकै मन्त्रीहरुको अभिब्यक्तिले समस्या सिर्जना गर्ने गरेको बताए ।
नेकपा एमालले झुलाघाट देखी चियाँभञ्याङ सम्मको यात्राले एमालले लाई अझै सशक्त रुपमा उभिन र मिसन २०८४ सफल पार्न सहयोग पुग्ने बताए । उनले नेकपा माओबादी केन्द्र र एकिकृत समाजबादी प्रति ब्यंग्य गर्दै भने काँग्रेसको नीती र बिचारमा हिड्नेहरु कम्युनिष्ट भएर बोर्ड टास्ने काम बन्द गर्न आग्रह गरे । उनले भने काँग्रेसको बैशाखीले हिड्नु भएका साथीहरुलाई एमालले कुनै हालतमा नबोक्ने र चुनावमा तालमेल गर्दैन । प्रथम अधिबेशन लाई सम्बोधन गर्न दैलेख पुगेका अनेरास्वबियुका केन्द्रिय अध्यक्ष समिक बडाललले अनेरास्वबियुले शिक्षाका सवालमा तमाम काम गरेको बताए । उनले अनेरास्वीयुले सबै विद्यार्थीलाई एकताबद्ध गर्दै शिक्षा क्षेत्रका सवालमा सरकारको ध्यानकर्षण गराएको बताए ।