Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि


काठमाडौं  : ट्राविस हेडको शतकसँगै अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ । हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

उसका लागि हेडले तेस्रो विकेटका लागि मार्नश लाबुेशेनसँग १९२ रनको साझेदारी गरे । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए । टस जितेको अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले भारतलाई ब्याटिङको निम्तो दिँदा रोहित शर्माले भने कि उनले टस जितेको भए पनि ब्याटिङ नै रोज्ने थिए । उनले भारतलाई राम्रो सुरुवात पनि दिलाएका थिए ।

तर पाँचौं ओभरको दोस्रो बलमा मिचेल स्टार्कले शुभमन गिललाई एडम जाम्पाको हातबाट क्याच गराए । रोहितको आक्रमण ब्याटिङ रोकिएको थिएन । उनले जोस ह्याजलउडको दुई ओभरमा चार चौका र मिचेल स्र्टाकको बलमा छक्का हानेका थिए । सातौं ओभरमा स्टार्कलाई लगातार तीन चौका हान्दै भारतको स्कोर ५० पु¥याएका थिए ।

दशौं ओभरमा उनले ग्लेन म्याक्सवेललाई पनि छक्का र चौका हानेका उनले गुडलेन्थ बलमा लङ अफमाथि शट हान्न चाहेका थिए । तर प्वाइन्टमा रहेका ट्राविस हेडले करिव ३० फिट पछाडि गएर उत्कृष्ट क्याच लिए । ३१ बलको सामना गरेका उनी ४७ रनमा आउट भए । अर्को ओभरमा अष्ट्रेलियाका कप्तान कमिन्सले श्रेयस अय्यरलाई पभेलियनको बाटो देखाए । लगातार दुई विकेट गुमाएसँग भारत दबावमा आयो, रनको गतिमा ब्रेक लाग्यो । तर क्रममा विराट कोहली र केएल राहुल थिए ।

२६औं ओभरमा विराटले ५६ बलमा ७२औं अर्धशतक पुरा गरे । चौथो विकेटका लागि केएल राहुलसँग ६७ रनको साझेदारी गरेका उनी २९औं ओभरको तेस्रो बलमा आउट भए । उनले ५४ रन बनाए ।

अष्ट्रेलियाका कप्तान कमिन्सको बलमा कोहलीको प्लेडअन (बोल्ड) भएपछि रंगशालामा रहेका हजारौं समर्थन स्तब्ध भए । त्यसपछि रवीन्द्र जडेजा आए, तर भारतले थप ३० रन जोड्दा उनी पनि आउट भए । यद्यपि अर्को एण्डमा सुस्त गतिमा रन बनाएपनि टिकेर खेलिरहेका राहुलले अर्धशतक पुरा गरेका थिए । तर ४२औं ओभरमा स्टार्कको बलमा आउट भए । १०७ बलको समना गरेका उनले ६६ रनको महत्वपूर्ण पारी खेले । अष्ट्रेलियाका स्टार्कले ३, कमिन्स र ह्याजलउडले २/२ विकेट लिए भने म्याक्सबेल र एडम जाम्पाको नाममा एक/एक विकेट रह्यो ।