Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

श्रमदान अभियान,अस्थायी टहरा निर्माण गर्दै एमाले

सुर्खेत ः जाजरकोट र रुकुमपश्चिम लगायत भूकम्प प्रभावित क्षेत्रमा नेकपा (एमाले) को श्रमदान अभियान दुई हप्तादेखि जारी छ । एमालेको ११ सय स्वयंसेवक भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको कार्यमा व्यस्त छन् ।

एमाले केन्द्रीय कार्यालयका विपद् व्यवस्थापन तथा स्वयंसेवक विभागका प्रमुख किरण पौडेलले अस्थायी टहरा निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिए । उनले भने हाम्रो मुख्य काम भत्केका घरहरू, भगनावशेषहरु, पुरेका सामानहरू, सडेगलेका चौपाया पन्छाउने र त्यस ठाउँमा अस्थायी संरचना बनाएर तत्कालीन अवस्थाका निम्ति बस्न मिल्ने, योग्य बनाइदिने काम हो । एघार सय स्वयंसेवकलाई ४० समूहमा विभाजन गरेर ४० स्थानमा छरिएर काम भइरहेको छ ।

११ सयमध्ये एक सय स्वयंसेवक भने सामान ओसारपसार, सूचना आदानप्रदान लगायतका काममा खटिरहेको उनको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा तत्काल जाडोयाममा रातिको समयमा वासस्थानको अभाव रहेकाले महिला, वृद्ववृद्वा विशेषगरी गर्भवती, सुत्केरी महिला, शिशुका लागि पोषणयुक्त खानेकुरा र सुरक्षित न्यायो वासस्थानको जरुरी रहेको उनको भनाइ छ ।
सरकारी र गैरसरकारी संस्थाहरूले पनि सहयोग उठाइरहेका छन् । हाम्रो पार्टीले पनि राहत सामग्री पठाइरहेको छ । महत्त्वपूर्ण कार्य खुला आकाशमुनि बस्नुपर्ने बाध्यता छ । त्रिपालमुनि बिना दिवार बस्नुपर्ने बाध्यता भएकाले अस्थायी टहरा निर्माण गर्ने उद्देश्य छ ।

एमालेले एक करोड रुपियाँ बराबरको राहत सामग्री तथा श्रमदान गर्ने र स्थानीय सरकार, प्रदेश सरकारबाट केही सहायता नलिई ओढ्ने, ओछ्याउने, दाल, चामल, अन्नपानी हामी आफैँ व्यवस्था गर्छौँ । स्वयंसेवक दैनिक १८ घण्टासम्म श्रमदान गर्नुहुन्छ । टेन्ट तथा क्याम्प खडा गरेर सो काम भइरहेको उनको भनाईछ ।