Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

अस्थायी आवास बनाउन एमालेले १ हजार स्वयंसेवक खटाउने


काठमाडौँ  :   नेकपा एमालेले जाजरकोट भूकम्प पीडितहरूको अस्थायी आवास निर्माणका लागि १ हजार स्वयंसेवक परिचालन गर्ने भएको छ । एमाले सचिवालयको बुधबार बैठकले मंसिर १ गतेदेखि अस्थायी घर टहरा निर्माणका लागि स्वयंसेवक परिचालन गर्न निर्णय गरेको हो ।

ुएमालेले २०७२ सालमा ५० हजार स्वयम् सेवक परिचालन गरेर तीन महिनामा २७ हजार अस्थायी घर टहरा बनाएका थियौं उप–महासचिव प्रदीप ज्ञवालीले भने, यस पटक एक हजार स्वयंसेवक खटिनु हुनेछ । ५ हजार कार्य दिनभन्दा बढी खट्ने छौं । एक करोड रुपैयाँभन्दा बढीको श्रम परिचालन हुनेछ ।

 

उनले अभियानको हजारौ घर टहरा बनाउने बताए । अस्थायी तर न्यायो घर बनाएर बुझाउने छौं, ज्ञवालीले भने । सो कामको संयोजन पार्टीको प्रदेश कमिटीले गर्ने एमालेले जनाएको छ । एमालेले भूकम्पपीडितहरूका लागि संकलन भएको राहत प्रभावकारी रूपमा वितरण गर्ने समेत माग गरेको छ । ुचिसोमा भूकम्प पीडितहरू भोकभोकै सुत्नु परेको छ ज्ञवालीले भने, विपद् पर्यटनको काम भएको छ । घुम्न जाने र सेल्फी खिच्ने काम भएको छ । राहत वितरणमा पारदर्शी, जिम्मेवार हुन र प्रभावकारी रूपमा राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराउँछौं । एमालेको राहत वितरणमा पनि पक्षपात भएको भन्दै त्यस्तो नगर्न ध्यानाकर्षण गराएको छ ।

गत शुक्रबार जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ३५ हजारभन्दा बढी घरमा क्षति पुगेको छ । जसमा सबैभन्दा बढी क्षति जाजरकोट र पश्चिम रुकुममा पुगेको छ ।