एमालेले मध्यपहाडी लोकमार्गमा ३ साता अभियान चलाउने
काठमाडौँ : एमालेले मध्यपहाडी लोकमार्गमा मध्य मंसिरबाट ३ साता अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । एमालेको बुधबार बसेको सचिवालय बैठकले मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु हुने कार्यक्रम पाँचथरको चिवाभन्ज्याङ पुगेर सम्पन्न गर्ने निर्णय गरेको छ । मंसिर १४ गते अध्यक्ष केपी शर्मा ओलीले अभियान उद्घाटन गर्नेछन् ।
सचिवालयको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अभियान राजनीतिकमात्रै नभएर सामाजिक एकता र विकास निर्माणको सन्देश दिन पनि भएको बताए । यसमा मधेशलाई राजमार्गको पायक पर्ने स्थान ल्याउँछौं र हिमाललाई तल झार्छौं । सिंगो देशको अभियानको रुपमा यसलाई अघि बढाउँछौं । देशको अभियान राजनीतिक कार्यक्रम हुँदै हो,’ ज्ञवालीले भने त्यसभन्दा बढी सामाजिक एकता र विकास निर्माणको सन्देश पनि हो ।
ज्ञवालीले नेपालको पहाडी क्षेत्र समृद्ध नहुन्जेल देश समृद्ध नहुने बताए । पहाड सबैभन्दा भूभाग ओगट्ने, कृषि जैविक विविधताको दृष्टिले असाध्य महत्वपूर्ण भूभाग पनि हो,’ उनले भने, सांस्कृतिक विविधताको क्षेत्र हो । पहाडी क्षेत्रको विकासलाई ध्यानमा राखेर पार्टीले महत्वपूर्ण योजना अघि बढाउँदै आएको छ । मध्यपहाडी पुष्पकमल लोकमार्ग, आधुनिक सहरहरु सबै कार्यक्रम हुनेछ ।