अटोरिक्सा दुर्घटनाहुँदा दुईको मृत्यु
सुर्खेत : जुम्लामा अटो रिक्सा दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ। गएराती जुम्ला सदरमुकाम खलंगाबाट देयार गाउँतर्फ जाँदै गरेको अटो रिक्सा हिमा गाउँपालिका १ बड्कीमा दुर्घटना भएको हो।
मृत्यु हुनेमा हिमा गाउँपालिका १ का चालक ४५ वर्षीय पदमबहादुर शाही र सोही ठाउँ बस्ने ४२ वर्षीय बली रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ। दुर्घटनामा हिमा गाउपालिका १ देयारगाउँ बस्ने ४१ वर्षीय नन्द रोकाय गम्भीर घाइते छन। उनको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको छ। भे १ ह ३१९७ नम्बरको अटो सडकबाट अन्दाजी १५० मिटर तल हिमा नदीको किनारामा खसेको छ।