Loading... आजः शनिबार, बैशाख ६, २०८२
Trending

भूकम्प प्रभावितलाई करोड रुपैयाँ उपलब्ध गराउने

..


सुर्खेत  :  सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावितलाई राहत दिन एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति गएको भूकम्पबाट प्रभावितलाई भएकाहरुलाई राहत दिन सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ दिने निर्णय गरेको हो।

शनिबार बसेको प्रदेश सरकारको आकस्मिक मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितलाई सहायता पुग्ने गरी तत्काल सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। यस्तै, प्रभावित क्षेत्रमा स्वास्थ्य सामाग्रीसहित २० जना स्वास्थ्यकर्मी पनि पठाउने सुदूरपश्चिम प्रदेश सरकारले विज्ञप्ती जारी गरेर जनाएको छ।
मध्यराति जाजरकोट केन्द्रबिन्दु भएर आएको ६।४ रेक्टर स्केलको भूकम्पले ठूलो मानविय र भौतिक क्षति गरेको छ।