Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

जाजरकोट भूकम्पबाट मर्नेको सङ्ख्या १३३ पुग्यो


सुर्खेत  :   शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३३ पुगेको छ । नेपाली प्रहरीका अनुसार शनिबार बिहान १०ः३० बजेसम्मको जानकारी अनुसार १३३ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।

जसमा जाजरकोटमा भूकम्पबाट ९५ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् । यसैगरी, रुकुम पश्चिममा ३८ जनाको निधन भएको छ भने ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ ।