प्रगति बिवरण पेस गर्न आयोजनालाई निर्देशन
दैलेख : जिल्लामा सञ्चालन हुने योजनाको काम तीव्र गतिमा नहुने भएका कामहरू पनि गुणस्तर नहुने लगायतका विषयमा जनगुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित आयोजना तथा योजनाको प्रगति विवरण पेस गर्न निर्देशन दिएको छ । दैलेख जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाको अध्यक्षतामा बुधवार बसेको सर्वपक्षीय बैठकले जिल्लामा निर्माणाधीन अवस्थामा रहेको सम्पूर्ण आयोजना तथा योजनाको पछिल्लो अवस्थाका बारेमा सम्बन्धित कार्यालय,प्रशासन लगायत सरोकारवाला निकायको संलग्नतामा स्थलगत अनुगमन गरी दश दिन भित्र प्रशासनमा प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले जिल्लामा सञ्चालन हुने योजनाको काम तीव्र गतिमा नहुने भएका कामहरू पनि गुणस्तर नहुने लगायतका विषयमा जनगुनासो बढ्न थालेपछि जिल्लामा सञ्चालन हुने योजनाको गुणस्तरीयता र कामको गति दिन सर्वपक्षीय बैठक आयोजना गरी प्रगति विवरण पेस गर्ने निर्णय भएको जानकारी दिए । उनले नेपालगञ्ज सुर्खेत, दैलेख महावु हुँदै चीनको नाका सम्म जोड्ने त्रिदेशीय सडक,मध्य पहाडी राजमार्ग र दैलेखको पेट्रोलियम पदार्थको अन्वेषण लगायतका विषयमा सर्वपक्षीय बैठकले चासो राखेको बताए । सडक डिभिजन कार्यालय सुर्खेत बाट सञ्चालन गरिएका सुर्खेत दैलेख सडक खण्डको पुनर्निर्माण,महावु सडक खण्ड , कर्णाली राजमार्ग निर्माणाधीन पुलका विषय र त्यसमा भएको प्रगति विवरण समेत माग गर्ने निर्णय भएको निमित्त प्रजिअ कोइरालाको भनाइछ ।
महावु सडक खण्ड निर्माणमा देखिएका समस्या समाधान गर्नका लागी नारायण नगरपालिकाले तत्काल पहल गर्ने निर्णय समेत गरिएको छ । मध्य पहाडी राजमार्ग दैलेख खण्डमा पर्ने १२ सडक खण्ड मध्ये ७० प्रतिशत भन्दा कम प्रगति भएका सडक खण्डको तत्काल निर्माण कार्य अगाडी बढाउने निर्माण गरिएको छ । सर्वपक्षीय बैठकमा प्रतिनिधि सभा सदस्य अम्मर बहादुर थापा, पूर्व प्रतिनिधि सभा सदस्य रबन्द्रिराज शर्मा, प्रतिनिधि सभा सदस्य सूर्य कुमारी श्रेष्ठ, लगायत जिल्लामा क्रियाशील राजनैतिक दलको सहभागीत रहेको थियो ।