पाँच लाखको अक्षयकोष स्थापना
दैलेख : डुगेश्वर गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने उद्देश्यले पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ । डुगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले आफूले पाउने पारिश्रमिक बाट अक्षयकोष स्थापना गरेका छन । अक्षयकोष मार्फत विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले उक्त अक्षयकोषको स्थापना गरिएको गाउँपालिका अध्यक्ष सुन्दर कुमार केसीले जानकारी दिए । लामो समय शिक्षण पेस गरी राजनीतिमा होमिनु भएका केसी २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट डुगेश्वर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन ।