यूएईलाई हराउँदै नेपालले गर्यो विजयी सुरुवात
काठमाडौँ : त्रिकोणात्मक टी(ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।
जितका लागि चाहिएको १ सय ४१ रनको लक्ष्य नेपालले १८ ओभर बलमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेलले ५१ रन तथा दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । आशिफ शेख २३ रन, कुशल भुर्तेल १४ रन तथा कुशल मल्ल ११ रनमा आउट भए ।
यूएईका लागि निलान्स केश्वानी र अली नासरले १÷१ विकेट हात पारे ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनायो । यूएईका लागि बासिल हमिदले ५१ रन तथा अली नासरले ३२ रनको योगदान गरे । कप्तान मुहम्मद वासिम १७, आसिफ खान १५, आलिसान शाराफु ६ रन तथा मोहम्मद फराजुदिन र खालिद शाह शून्य रनमा आउट भए । नेपालका लागि करण केसीले ३, गुल्सन झाले २ विकेट तथा अविनाश बोहरा र सोमपाल कामीले ११ विकेट लिए ।