Loading... आजः मङ्लबार, बैशाख ९, २०८२
Trending

मध्यावधि निर्वाचन रोक्न कोशीमा कांग्रेसलाई साथ दियौँ : ओली


प्युठान  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई सघाएर सरकार बनाइएको बताएका छन् । आइतबार प्युठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मध्यावधिमा जाँदा देशको आर्थिक अवस्थाले नधान्ने भएकाले सुझबुझ गरेर नै कांग्रेसलाई सरकार बनाउन सहयोग गरेको बताएका हुन् । कोशी प्रदेशमा कांग्रेसका केही सांसदहरूले किन विद्रोह गरे अचाक्ली भएपछि विद्रोह हुन्छ’, ओलीले भने, किनभने कांग्रेसका नेताहरूले पुष्पकमल दाहालले जे भन्छन् त्यो मात्रै गरे ।

केन्द्रमा ३२ सिट रहेको माओवादीका पछि ठुलो दल कांग्रेस लागेको भन्दै उनले कोशीमा पनि ८ सिटका पछि लाग्नुपर्छ भनेर त्यहाँका सांसदहरूले विद्रोह गरेको जिकिर गरे । उनले कोशीमा मध्यावधि हुने अवस्था सिर्जना भएपछि जोसुकैलाई सहयोग गरेर भए पनि मध्यावधिबाट एमालेले बचाएको बताए ।