Loading... आजः आइतवार, जेष्ठ ६, २०८१
Trending

पाकिस्तानले भारतलाई दियो १९२ रनको लक्ष्य


काठमाडौँ  :   विश्वकपअन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको हो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए । ५८ बल सामना गरेका उनले ७ चौका प्रहार गरे । त्यस्तै मोहम्मद रिजवानले ६९ बलमा ४९ रन बनाए । पाकिस्तानका ओपनर ब्याटरद्वय अब्दुल्लाह शफिक र इमाम उल हकले क्रमश २० र ३६ रन बनाए । भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या र कुलदीप यादव, रवीन्द्र जडेजाले २२ विकेट लिए ।

विश्वकप क्रिकेटमा पाकिस्तानमाथि भारत हाबी हुँदै आएको छ । अहिलेसम्म विश्वकपमा ७ पल्ट आमनेसामने हुँदा सबै खेलमा भारत विजयी भएको छ । विश्व क्रिकेटकै सबैभन्दा ठूलो रंगशालामा भारत(पाकिस्तानको खेल रोचक हुने अपेक्षा गरिएको छ । नरेन्द्र मोदी रंगशाला १ लाख ३२ हजार दर्शक क्षमताको हो ।