Loading... आजः मङ्लबार, कार्तिक २७, २०८१
Trending

हाम्रो मिसन २०८४ केन्द्रित हुनेछ : अध्यक्ष शाह र उपबिजेता शाही


दैलेख   : नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिबेशनमा निर्वाचित अध्यक्ष गुलावजंग शाह र उप बिजेता मिन बहादुर शाहीले पार्टिको मिसन २०८४ लाई सफल पार्न लाग्ने बताएका छन । १५ गते साझ साढे आठ बजे सार्वजनिक भएको पदाधिकारीको अन्तीम मत परिणाम पछि अध्यक्षमा निर्वाचित शाह र उप बिजेता  शाहीले पार्टिको मिसनलाई सफल पार्ने उद्दघोष गरेका छन । प्रदेश अध्यक्षमा निर्वाचत साहले पार्टिमा लोकतान्त्रीक अभ्यास अंगालेको भएपनि पार्टिमा कुनै गुट उपगुट नरहेको र अव प्रदेशमा एमालेलाई पहिलो शक्ति बनाउन तर्फ लाग्ने बताए ।
प्रदेश अध्यक्षमा उप बिजेता बनेका मिन बहादुर शाहीले कर्णालीमा एमालेलाई पहिलो पार्टी बनाउने र दुबैको सल्लाहमा पार्टीलाई अझ गतिशिल बनाउन लाग्ने बताए । उनले भने हाम्रो मिसन २०८४ हो त्यसै अनुसार प्रदेश अध्यक्षले कार्य योजना बनाउने र त्यसका आधारमा परिचालीत भएर पार्टीलाई पहिलो शक्ति बनाउने काममा आफुहरुको साथ सहयोग रहेने बताए । चुनावमा भाग लिएपछि एक पक्ष जित्ने र अर्को पक्षले पराजय भोग्ने यो लोकतन्त्रको नियमलाई आत्मसाथ गर्दै साथ सर्मथन गर्ने सबैलाई धन्यबाद दिए ।

नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिबेशन बाट उप सचिवमा निर्वाचित रबन्द्रि शर्माले पार्टीलाई सुदृढ र एकता बद्ध बनाएर लैजाने काम निर्वाचन समितिले गर्ने बताए । उनले पार्टिमा आन्तरिक प्रतिष्पर्धा हुनु र त्यसलाई सामान्य ढंगमा लिन पर्ने बताए । निर्वाचनमा उम्मेदवार बनेका सबै साथीहरु योग्य भएपनि निर्वाचनको परिणाम आएपछि त्यसलाई स्वीकार गरेर जानेर पार्टीलाई बलियो बनाउन आमकार्यकर्ताको भुमिका रहेने उपसचिव शर्माको भनाईछ ।

मतदानमा जम्मा मत ६०४ खसेकोमा ५८० मत सदर भएको थियो भने २४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।