तोकिएको समय भन्दा नौ घण्टा पछि सुरु भयो बन्दसत्र
सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेशको प्रथम अधिवेशनमा बन्दसत्र सुरु भएको छ । बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्द सत्र नौ घण्टा पछि बन्दसत्र सुरु भएको हो ।
अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयासमा जुट्दा ढिला गरी बन्दसत्र सुरु भएको एमाले सुर्खेतले जनाएको छ । सहमतिको प्रयासका लागि एमाले महासचिव शङ्कर पोखरेललगायतका नेताहरू बिहानैदेखि जुटे पनि सहमति जुट्न सकेन । सहमतिको प्रयास अझै भइरहे पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम देखिएको एमालेले जनाएको छ । प्रदेश अध्यक्षका लागि गुलाबजंग शाह र मीनबहादुर शाहीको दाबी छ ।