पत्रकार कृष्ण दैलेखीलाई ज्यान मार्ने धम्की
दैलेख : हिमालय टेलिभिजन दैलेखका समाचारदाता एवम दैलेखका सक्रिय पत्रकार कृष्ण बहादुर सुनार(दैलेखी)लाई ज्यान मार्ने धम्की दिएको छ । नारायण नगरपालिका–११ वडाकार्यलयमा कार्यरत कर्मचारीले अती बिपन्न महिलाहरुले वडा कार्यालयको सिफारिस माग्दा नदिएको भन्दै पत्रकार दैलेखीले सामाजिक संजाल फेसबुकमा लेखेपछि ज्यान मार्ने धम्की दिएको अडियो समेत सार्वजनिक भएको छ ।
नारायण नगरपालिका –११ का स्थानीय महिलाहरुको आफुले सिपमुलक कार्यक्रममा सहभागी हुनका लागि वडा कार्यालयले सिफारिस मागेको र वडामा कार्यरत कर्मचारीले सिफारिस नदिएको विषयमा लेखेको भन्दै ज्यान मार्ने धम्की दिएको पत्रकार दैलेखीले बताए । उनले वडा कार्यलयमा कार्यरत सामाजिक परिचालक खगेन्द्र बिष्टले सिफारिस दिन आलटाल गरेको र सिफारिस नदिएपछि पत्रकार दैलेखीले निबेदन माग्दा नदिने कर्मचारीका बिरुद्धमा समाचार लेखेका थिए । सिफारिस नदिएको समाचार लेखेको भन्दै पत्रकार दैलेखीलाई ज्यान मार्ने धम्की दिदै आफु कर्णाली प्रदेशको डन भएको बताउँने ब्यक्तिले जहाँ पायो त्यही हात खुट्टा भाच्ने र मार्ने धम्की दिएका हुन ।
ज्यान मार्ने धम्की दिएपछि पत्रका दैलेखीले आफ्नो ज्यानको सुरक्षाका लागी सम्बन्धित निकायमा अडियो र नम्बर सहितको उजुरी दिने तयारी गरेको बताए । अन्यायमा परेका महिलाको विषमा अवाज उठाउँदा ज्यान मार्ने धम्की दिने ब्यक्तिलाई पक्राउ गरी आवश्यक कार्वाही गर्न प्रहरी कहा निबेदन दिने तयारी समेत गरेको बतए । उद्योग उपभोक्ता हित संरक्षण कार्यालयले स्थानीय महिलाहरुलाई आश्यक पर्ने तालीमका लागी वडा कार्यालयको सिफारिस आवश्यक पर्ने बताए पछि नारायण नगरपालिका वडा नः ११ का महिलाहरुले वडा कार्यालयमा निबेदन दिन पुगेको थिए । सिफारिस लिन पुगेको महिलाहरुलाई सामाजिक परिचालक बिष्टले सिफारिस नदिने भन्दै उल्टै धम्काएको पीडीत महिलाहरुले बताएका छन ।