शिक्षकका जायज माग सम्बोधन गर्न दैलेख एमालेको माग
दैलेख : नेकपा एमाले जिल्ला कमिटि दैलेखले आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । नेकपा एमाले दैलेखले एक प्रेस बिज्ञप्ती जारी गर्दै शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकार संग माग गरिएको छ ।
नेकपा एमाले जिल्ला कमिटि दैलेखका अध्यक्ष रबिन्द्रराज शर्मा द्धारा हस्ताक्षरीत बिज्ञप्तीमा भनिएको छ नेपाल शिक्षक महासंघले पेशागत हकहितका लागी शिक्षा बिद्येकमा रहेका त्रुटिहरु सच्याइनु पर्ने माग सहितको काठमाण्डौ केन्द्रित आन्दोलन प्रति हाम्रो पार्टी नेकपा एमालेको गम्भिर ध्यानर्कषण भएको छ । आन्दोलनरत शिक्षकहरुसंग अबिलम्ब वार्ता सम्बाद गरी शिक्षकहरुका मागलाई तत्काल सम्बोधन गरी बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चिता गर्न सरकार संग जोडदार माग गर्दछ । साथै आन्दोलनलाई मथ्थर तथा कमजोर पार्न रचिएका हरेक प्रकारका भ्रमहरु संग सचेत रहन सम्बन्धित पक्षलाई अनुरोध गर्दछ ।