Loading... आजः मङ्लबार, कार्तिक २७, २०८१
Trending

जब वडाध्यक्ष आफै उत्कृष्ट कृषक पुरस्कृत भए


दैलेख  :  उत्कृष्ट कृषकमा वडाध्यक्ष नै पुरस्कृत हुनुभएको छ । दैलेखको नारायण नगरपालिका–२ का वडाध्यक्ष रेसम बहादुर थापा कृतिदेवल बहुउद्देश्यीय सहकारी संस्थाको १९ औ वार्षिक साधारण सभामा उत्कृष्ट कृषकमा पुरस्कृत भएका हुन ।

कृतिदेवल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दीपक बहादुर थापाले किसानले उत्पादन गरेको तरकारी सहकारीले खरिद गर्ने र वार्षिक रूपमा सबै भन्दा बढी तरकारी बेच्ने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार यो वर्ष वडाध्यक्ष रेसम बहादुर थापालाई पुरस्कृत गरिएको जानकारी दिए ।

उनले सहकारीले तरकारी खरिद गर्ने विवरणमा वडाध्यक्ष थापाले सबै भन्दा बढी ६ लाख ३१ हजारको तरकारी बिक्री गरेको हुँदा उहाँ नै उत्कृष्ट कृषकमा पुरस्कृत हुनुभएको बताए । त्यस्तै सहकारीमा बढी तरकारी बिक्री गर्ने दोस्रो सर्बराज भण्डारी र तेस्रो सरिता थापालाई समेत सहकारीले पुरस्कृत गरेको जानकारी दिएको छ ।

पुरस्कृत हुनुभएका वडाध्यक्ष थापाले रोजगारीका लागी दैनिक युवाहरू बिदेसिने र आफ्नै घरमा पौरख नगर्ने युवाहरूको सिकाई का लागी आफूले तरकारी खेती गरिरहेको बताए । उनले जनताको सेवा सँगै आफ्नो व्यवसाय गरिरहेको र पाँच जनालाई रोजगारी दिएको बताए । उनले भने मलाई कसैबाट वा कुनै पनि योजनाको रकममा लोभ छैन म भ्रष्ट्राचार विरोधी हु साँझ बिहान आफ्नो बारीमा काम गर्छु र दिनमा जनताको काम गर्छु त्यस कारण पनि दोस्रो कार्यकालमा समेत अत्यधिक मतले विजयी भए । र जनताको अपार माया पाए ।

उत्कृष्ट कृषक पुरस्कार घोषणा कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका उद्योग बन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीले राजनीति गर्नेले कुनै व्यवसाय गर्दैनन् भन्ने भाष्य चिर्न सफल भएको भन्दै वडाध्यक्ष थापालाई बधाई दिए । उनले भने राजनीति गर्नेले नै अन्य विभिन्न पेसा पनि गर्नुपर्छ,हाम्रो देश कृषि प्रदान देश भएका कारण पनि युवाहरूलाई कृषि पेसा प्रति आकर्षण बढाउनु पर्ने उनको भनाइछ ।

वडाध्यक्षले जनताको सेवा गर्दै वार्षिक ६ लाख ३१ हजार आम्दानी गर्नुभयो । बिदेसिएका युवाले वार्षिक त्यति पनि कमाउँदैन तर नेपालमै राम्रो कृषि खेती गर्नुभयो भने त्यो भन्दा बढी आम्दानी गर्न तर्फ युुवाहरुले सक्छन् त्यस तर्फ स्थानीय सरकारले युवाहरूलाई प्रोत्साहन गर्नु पर्नेमा मन्त्री बिसीले जोड दिए । २० वर्ष शिक्षण पेसा गरेर २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित ुभएका थापा २०७९ सालको स्थानीय तहको निर्वाचनमा पुन एमाले बाट विजयी भएका थिए ।