सर्पले टोकेर १७ वर्षिय किशोरीको मृत्यु
दैलेख : दैलेखको ठाँटीकाँध गाउँपालिकामा सर्पले टोकेर किशोरीको मृत्यू भएको छ । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा –१ नुवावनकी १७ वर्षीय कल्पना शाही रहेकी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह बिष्टले जानकारी दिए ।
आइतबार बेलुका घरमा सुतिरहेको बेला सर्पले टोकेकोमा तत्काल गाउँका धामी कहाँ लिएर झारफुक समय खर्चेर ढिला गरी अस्पताल लिन लैजाँदा गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
किशोरीका बुबा धर्मराज रोजगारीका लागि भारतमा र उनका दाजु निराजन शाही अध्ययनको सिलसिलामा काठमाण्डौमा छन । आमाका साथ घरमा बस्दै आएकी किशोरी ओमकोट मावि चामुण्डामा कक्षा ९ मा पढ्दै थिइन ।