Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

नेम्वाङको भोलि विहान ११ बजे अन्त्येष्टी गरिने


काठमाडौं  :   नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको बिहीबार विहान ११ बजे अन्त्येष्टी गरिने भएको छ । उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टी गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

त्यसअघि शवयात्रा हुने र अन्तिम श्रद्धाञ्जली अर्पणका लागि शंखपार्क, धुम्बाराही एवम् गौशालामा सहभागी हुन पनि आग्रह गरिएको छ । नेम्वाङको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको निधनमा सरकारले भोलि सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ ।