Loading... आजः मङ्लबार, कार्तिक २०, २०८१
Trending

हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न मन्त्री ज्वालाको निर्देशन

काठमाडौं  :   भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुम्ला लाई राष्ट्रिय सडक सञ्चालनमा जोडन निर्देशन दिएका छन । मंगलबार नेपाली सेना, मन्त्रालय र सडक विभागका उच्च अधिकारीहरूसँग मन्त्री ज्वालाले विशेष छलफल गरेका छन् ।
‘सरकारले हरेक वर्ष आफ्नो प्राथमिकतामा राख्छ तर सडक सिमिकोट पुग्दैन, यो वर्ष जसरी पनि सडक सञ्जालले हुम्ला सदरमुकामलाई जोड्नै पर्छ,’ मन्त्री ज्वालाले भने केही समस्या छन् भने भन्नुहोस्, समाधानको उपाय खोजौला तर सडक अपुरो भयो भन्ने छुट यसपटक हामीलाई छैन । सलीसल्लादेखि सिमिकोटसम्मको ५५ किलोमिटर सडकमध्ये २.५ किलोमिटर सडक मात्र ट्रयाक ओपन गर्न बाँकी छ । ट्रयाक ओपनको काम नेपाली सेनाले गरिरहेको छ । ट्रयाक ओपनको काम केही महिनामै सक्ने नेपाली सेनाले मन्त्री ज्वालालाई विश्वास दिलाएको छ ।

लालीबगर–लेचे सडक खण्डको २.५ किलोमिटर सडक केही समयमा ट्रयाक ओपन भए पनि नियमित यातायातका साधनहरू चल्न सक्ने अबस्थामा छैन । ट्रयाक ओपन भएको च्याँछरा खण्डको ६ सय मिटर सार्वजनिक बस चल्ने अबस्थामा छैन । ट्याक्टरहरू आवत–जावत गरे पनि ठूला र साना सवारीसाधन चल्ने अवस्थामा सडक नभएको मन्त्रालयका सहसचिव अर्जुनजंग थापाले बताए ।

‘ट्रयाक ओपन भएको तर यातायात चल्न सक्ने अवस्थामा नरहेको सडकको वाँकी काम पनि नेपाली सेनालाई सुम्पिने योजना मन्त्रालयले बनाएको छ,’ सहसचिव थापाले भने, ‘विस्फोटक पदार्थको अभावमा च्याछरा सडकको स्तर उन्तति गर्न सकिँदैन, त्यही भएर नेपाली सेनालाई जिम्मा दिने मनसाय मन्त्रालयले बनाएको हो ।’

मन्त्री ज्वालाले सडक विभागबाट यसै वर्ष गाडी चल्ने गरी सडक निर्माण गर्न नसकिने अबस्था भए नेपाली सेनालाई जिम्मा दिने बताए । ‘जसरी पनि यो वर्ष हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नु नै छ, त्यसका लागि सडक विभागले कहाँ के गर्ने, नेपाली सेनाले कहाँ के गर्ने, त्यसको योजना तत्काल ल्याउनुहोस्,’ मन्त्रालयका उच्च अधिकारीहरूलाई मन्त्री ज्वालाले निर्देशन दिए । सलीसल्लादेखि खुलालुसम्मको १२३ किलोमिटर सडकको ट्रयाक ओपन भइसकेको छ । यही सडकमा बस चलाउन कालिकोटका एक ब्यापारीले चीनको बाटो भएर जिल्लामा गाडी पुर्‍याएका छन् । साभार