सहज सेवा दिन स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
सुर्खेत : सङ्घीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले नागरिकलाई हसज रुवमा स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएका छन । प्रदेश अस्पताल सुर्खेतको निरीक्षणका लागी पुगेका मन्त्री बस्नेतले सर्वसाधारण नागरिकको लागि पनि सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड निर्देशन दिएका हुन् ।
मन्त्री बस्नेतले गरिब तथा विपन्न परिवारका लागि प्रदेश अस्पतालले जनरल सेवा निशुल्क गर्न तयार हुनुपर्ने बताए । गरिब तथा विपन्न परिवारका लागि निःशुल्क उपचार गर्न संघिय सरकारले आवश्यक पर्ने निति नियम र योजना बनाएको भन्दै उनले भने मन्त्रालयले बिरामीहरुका लागी बेड निशुल्क गर्ने व्यवस्था भए पनि कार्यान्वयनमा नआएकोर त्यसको कार्यान्वयनको पहल गरिरहेका छौँ ।
स्वास्थ्य सम्बन्धी संविधानमा भएको व्यवस्थालाई व्यवहारमा गरिनुपर्ने उनको भनाइ थियो । भिआइपी, भिभिआइपीहरू विदेशमा उपचार गर्न जाने तर, गरिब, विपन्नको उपचारको लागि अस्पताल नदेख्ने अवस्था विद्यमान रहेको पनि बताए ।