Loading... आजः आइतवार, बैशाख ९, २०८१
Trending

भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भयो : प्रधानमन्त्री प्रचण्ड

सुर्खेत  :   प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको बताएका छन । बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने बताए ।

यसमा सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारीले चनाखो र अझ ठुलो मोर्चा बनाउनुपर्ने बताए । कम्युनिस्ट आन्दोलनलगायतका विभिन्न आन्दोलनले नै नेपालमा परिवर्तन ल्याएको भन्दै उनले समाजवादी मोर्चा बनाउँदा अरूभन्दा आफू बढी खुसी भएको उल्लेख गरे

प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाले थप उत्साहित भएको बताए । सरकारले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु गरिसकेको छ। यो मोर्चा एक ठाउँमा भएर लड्दा भ्रष्टाचारविरुद्धको लडाइँ, सुशासनको लडाइँ सफल हुन्छ। अहिले धारे हात लगाएर हेरिरहेका छन्। उनीहरू नक्कली कम्युनिस्ट हुन्’’, उनले भने ।
भ्रष्टाचारविरुद्धमा अग्रसर हुँदा कांग्रेस, एमालेलाई लक्षित गरेको भन्ने भनाइ गलत भएको दाबी गरे । माओवादीकै र स्वयं प्रचण्डकै त्यस्तो विषय आए पनि नछोड्न भनिएको उनले बताए ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले कम्युनिस्ट आन्दोलनलाई बचाउनका लागि भूमिका खेल्ने बताए । उनले आन्दोलनको उपलब्धिलाई बचाउनका लागि भए पनि मोर्चाको आवश्यक भएको बताए । समाजवादी मोर्चाले सरकार ढल्छ कि भन्ने आङ्कलन पनि भइरहेको भन्दै अध्यक्ष नेपालले सरकार कुनै हालतमा नढल्ने दाबी गरे । कम्युनिष्ट मिल्दा गठबन्धन भित्रको दल नेपाली कांग्रेसको मनमा चिसो नभई तातो पसेको उहाँले उल्लेख गरे । यस्तै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षाका लागि कम्युनिस्ट पार्टी एक ठाउँमा उभिनुपर्ने बताए ।

महासचिव विप्लवले कम्युनिस्ट पार्टी समाजवादी मोर्चामा आउनुपर्ने बताए । उनले अहिलेसम्म कसैको अधीनमा नरहेको नेपाललाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास भइरहेको बताए । उनले नेपालमा अर्को क्रान्तिको पुनः आवश्यक रहेकोसमेत बताए ।