Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

एक महिनादेखि अवरुद्ध संसद् खुल्यो

काठमाडौँ  :   सुनकाण्डको छानबिनको माग गर्दै गत साउन १० देखि अवरुद्ध हुँदै आएको संसद् बुधबारबाट सञ्चालन भएको छ । छानबिनका लागि आयोग गठन गर्ने दलहरुबीच सहमति भएपछि बैठक चलेको हो । एमालेले छानबिन आयोग बनाउने माग गरेर सदन अवरोध गर्दै आएको थियो ।

प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रतिनिधिसभालाई सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने दलीय सहमतिको जानकारी गराएका थिए ।