Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

संबिधानको उलङ्घन गर्दै मुख्यमन्त्री थापाले पाए विश्वासको मत


काठमाडौँ  :   प्रदेश सभाको अध्यक्षता गर्ने सासदले विश्वासको मत दिन नपाइने संबिधानमा उल्लेख गरेपछि कोशी प्रदेशमा संबिधानको धज्जी उडाँउदै कोशीका मुख्यमन्त्री उद्वव थापाले सोमबार विश्वासको मत पाएका छन् । उपसभामुख सिर्जना दनुवारले बैठकको अध्यक्षता गर्ने दिन विरामी भएको सूचना दिएर बैठक सञ्चालनका लागि मन्सुरीलाई अधिकार प्रत्यायोजन गरेकी थिइन् ।
उपस्थित ७७ जना रहेकोमा थापाको पक्षमा ४७ र विपक्षमा ३० मत परेको थियो । एमालेबाट उपसभामुख बनेकी दनुवारले सत्ता गठबन्धनको तर्फ मत बहुमत पुग्न नदिने नीतिअनुसार बैठक छलेपछि कांग्रेसका मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए । मन्सुरीको मत नपाउने हो भने थापाले विश्वासको मत पाउने थिएनन् । त्यसैले उनले पनि थापालाई विश्वासको मत दिए । प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । अध्यक्षता गर्ने व्यक्तिले दिएको मतको वैधानिकताबारे अब फेरी प्रश्न उठेको छ ।