Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

किसानलाई बाली जोगाउँनै मुस्किल


कमल शर्मा
दैलेख  :   दैलेखका ग्रामिणक्षेत्रमा बाली जोगाउँन मुस्किल पर्ने गरेको छ । जंगली जनावरले बाली पाक्नु अगाडीनै खाएर नष्ट गर्ने समस्या कारण किसानलाई बाली जोगाउँनै मुस्कील हुने गरेको हो । भैरवी गाउँपालिकाका लिलाराम महताराले किसानलाई मकै बाली जोगाउँन हम्मे भएको जानकारी दिए । उनले राती बदेल र दुम्सीले मकै नष्ट गर्ने र दिउँसो बादरले नष्ट गर्ने समस्याका कारण किसानहरु वर्षेनी जागराम बस्नु पर्ने बाध्यतामा रहेको बताए । खेती नजिकै बन रहेको छन जसका कारण जंगली जनावरको समेत बिगबिगी छ मकै बारी पुरै ढलाम्मे बनाएको छ किसान महताराले भन्नुभयो मकैले टुसा छोड्ने गरेपछि एक जनाको बासमा बारीमा हुन्छ ।

भैरवी गाउँपालिका –१ कै झुपाराम महताराले सरकारका नीति नियमका कारण आफूहरू समस्यामा परेको बताए । उनले राज्यले जङ्गली जनावर मार्नु हुँदैन भन्ने नीति लिएको भए पनि आफूहरूलाई पनि आवश्यक पर्ने घेर वार नगरिदिने समस्या रहेको बताए । उनले भने गाउँपालिका भरी बँदेलको आतक छ कृषक रातभर सुत्न पाउँदैन त्यता तिर राज्यले हेर्दैन कृषक मर्कामा छौ । मकै क्षति गरेको विषयमा वडा कार्यालयमा खबर गरे पनि वडा कार्यालयले समेत आफूहरूलाई केही गर्न नसक्ने जवाफ दिएको कृषकहरूले बताएका छन् ।

गाउँमा बँदेल र बाँदरले मकैलगायतका अन्नबाली सखाप पार्न थालेपछि विभिन्न निकायमा गएर सहयोग माग्दा समेत आफूहरूले सहयोग नपाएको गुनासो समेत गरेका छन् । भैरवी गाउँपालिका मात्र नभई बदेल,दुम्सी र बादरले जिल्लाका अधिकाँस स्थानीय तहमा लगाइएको मकै खेती नष्ट हुने गरेको छ ।
डिभिजन बन कार्यालयका सहायक बन अधिकृत वेदप्रकाश ढकालले बँदेलले क्षति गरेको खाद्यान्नको हकमा वर्षमा दुई पटक छुटाछुटै बालीको लागि १० हजार क्षतीपुती दिने ब्यबथा रहेको बताए । उनले राहतमा लागि सर्जमीन मुचुल्का निबेदन,सामुदायिक बनको सिफारिस,पालिकाको सिफारिस,कृषि कार्यालय बाट गरेको मुल्याङकन ,जग्गाधनी प्रमाणपत्र उपलब्ध गराएको खण्डमा डिभिजन बन कार्यालयको नेतृत्वमा सिफारिस समितिले बाँके राष्ट्रिय निकुञ्जमा सिफारिस गर्ने र निकुञ्जले राहत उपलब्ध गराउँने बताए ।

कृषि विकास कार्यालय दैलेखले दिएको जानकारी अनुसार जिल्लाका ९० वडामा २१ हजार एक सय ७५ हेक्टरमा मकै खेती गरिदै आइएको छ । छेउका बाली जोगाउनै नसकेर यस क्षेत्रका धेरै किसानहरुले खेती समेत नलगाउने समस्या रहेको स्थानीयले बताउँछन ।