सुशासनमा ध्यान देउँ
अहिले साना देखी ठुला र नेता देखी कार्याकर्ताको मुखमा झुण्डिएको छ सुशासन । सुशासन भन्ने सामान्य जानकारी नपाएका नागरिक समेत सुशासनका लागी काम गर्ने भने पछि पत्याउने गरेका छन । मुलुकमा सुशासन कायम गर्न विधिको शासन, भ्रष्टाचारमुक्त समाज, आर्थिक अनुशासन, दण्डहीनताको अन्त्य, मानव अधिकारप्रतिको सम्मान, जनउत्तरदायी सरकार, भ्रष्टाचारको रोकथाम र नियन्त्रणको निम्ति संवैधानिक अंगको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था, सार्वजनिक निकायको काम कारबाहीमा खुलापन र पारदर्शीताजस्ता व्यवहार र सिद्धान्तहरूलाई आत्मसात गरी आवश्यक व्यवस्था गरेको छ। समग्रमा सुशासनका निमिक्त संविधानले जनताको सहभागिता, जनउत्तरदायी सरकार, काम कारबाहीमा पारदर्शीता र जवाफदेखितको सिद्धान्तलाई आत्मसात गरेको छ।
सुशासन (व्यवस्थापन तथा सञ्चालन)ऐन, २०६४ ले कानुनी शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापनलाई सुशासनको रुपमा परिभाषित गरेको पाइन्छ। वास्तवमा प्रभावकारी शासन व्यवस्थाको माध्यमबाट नागरिकको हित अभिवृद्धि गर्ने दिशामा परिलक्षित मूल्य र मान्यता हो, सुशासन। यो बहुआयामिक मान्यता र प्रक्रिया हो। यो लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड हो, मुटु हो। त्यसैले, सुशासनलाई सीमित शब्दको सहारा लिएर परिभाषित गर्न सम्भव छैन तर पनि सारमा भन्नुपर्दा सबैले राम्रो अनुभूत गरेको शासन नै सुशासन हो। संविधानको अपेच्छा, राष्ट्रको आवश्यकता र नेपाली जनको मनको आवज हो सुशासन। माथी उल्लेखीत कुराहरुलाई आत्मसाथ तीनै तहका सरकारले गर्ने हो सुशासन आउन बेर लाउँदैन । त्यस तर्फ सबै समेत नागरिक समेत लाग्नु पर्ने बेला आएको छ ।