Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कर्णालीका हिमाली जिल्लामा हवाई सेवा बन्द

फाइल तस्बिर

सुर्खेत  :   सुर्खेत तथा नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएको छ। मौसम खराबीका कारण लामो समयदेखि हवाई सेवा अवरुद्ध हुन पुगेको हो। बिहानै मौसम नखुल्ने तर दिउँसो १२ बजेपछि उडान गर्न नपाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले १३ साउनबाट गरिएको निर्णयले कर्णालीमा हवाई सेवा प्रभावित भएको छ।

हवाई सेवा प्रभावित भएपछि हिमाली जिल्लाबाट उपचार तथा अन्य समस्यले नेपालगन्ज तथा सुर्खेत झर्ने यात्रुहरु मर्कामा परेका छन्। नेपालगञ्जबाट दैनिक उडान हुने डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट, मुगुको ताल्चा र बाजुरामा उडान बन्द भएको हो। त्यस्तै, कालीकोट र डोल्पाको मसिनेचौरमा निर्माण भएको विमानस्थलमा अहिले सम्म जहाजको उडान नै हुन सकेको छैन। वर्षायाममा सडक अवरुद्ध भएको र बिरामी लिनका लागि सबैभन्दा भारी समस्य भएको सर्बसाधारणले बताएका छन्।
प्रविधिको प्रयोग लाइफ क्यामरा, मेटोलोजी यन्त्रलगायत प्रविधिको विकासमामा ध्यान नदिई वर्षातको कारण देखाउँदै हवाई उडान बन्द गर्नु नेपाल नागरिक उड्डयन प्राधिकरणको गैरजिम्मेवार भएको पर्यटन व्यवसायीहरुको आरोप छ। हुम्लामा यातायात सेवा अझैँ जोडिएको छैन।
दुर्गम जिल्लामा बिहान मौसम नखुल्ने र मौसम खुल्ने समयमा विमान सञ्चालन नहुने भएकाले यहाँका रारा ,जुफाल र ताल्चा विमानस्थलका लागि यो निर्णय उपयुक्त नभएको रारा विमानस्थलका प्रमुख रोमन भट्टराईले बताए। उनका अनुसार बिहान हुस्सु लाग्ने र ११ बजे मौसम खुल्ने भएकाले यहाँ हवाई उडान भर्न समस्या भएको छ। जसका कारण प्रत्यक्ष नागरिक मर्कामा परेका छन्।

उत्ता कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सरकारले जनताको हितभन्दा प्रतिकूल हुने नीतिगत व्यवस्थाहरूलाई सुधार गर्दै जानुपर्छ। दुर्घटना भनेको समय हेरेर हुने कुरा होइन। जुनसुकै बेला दुर्घटना वा घटना हुन सक्छन्। सरकारले जनताको जीउ धनको सुरक्षा गर्नै पर्छ। १२ बजेपछि दुर्गममा हवाई सेवा उडाउन नपाउने कसरी भयो रर प्राधिकरणले हामीसँग छलफल नगरेको बताए।