Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

कर्णालीमा विपद्बबाट करोडौँको क्षती


दैलेख  :   दैलेखको गुराँस गाउँपालिका–५ स्थित स्थानीय रुद्रबहादुर गिरीको घरमा चट्यांङ प¥यो । घरमा चट्याङ पर्दा गिरीको पत्नि ४४ वर्षिय चन्द्रा, छोरी १७ वर्षिय मायाको शरिर जलेर घाइते भए । उनिहरुको उपचार कर्णाली प्रदेश अस्पतालमा भएको थियो । सोहि दिन दैलेखको ठाटीकाँध गाउँपालिका–४ माझाचौर बस्ने लोकबहादुर कठायतको छोरी १७ वर्षिय उर्मिला कठायतलाई खोलाले बगायो । घट्टबाट घर फर्किने क्रममा उनलाई खोलाले बगाएको हो । दैलेख प्रहरी प्रमुख डिएसपी किशोर लम्सालका अनुसार उनको शव बगाएको स्थानबाट एक सय ५० मिटर तल खोलामा फेला परेको थियो ।
गत असारमै भैरबी गाउँपालिका–७ बझाङगीनेटा गाउँका धनबहादुर गुरुङको एक तले कच्ची घर अबिरल वर्षातका कारण पहिरो खस्दा क्षती पु¥यायो । उनको भान्सा कोठा र गाईँभैसी बाध्ने गोठ पुरियो । पहिरोका कारण पशुचौपाया पुरिए । भाँडाकुडा र खाद्यान्नमा समेत क्षती भएको गुरुङ बताउँछन् । यी केहि प्रतिनिधिमुलक घटना हुन् । कर्णालीमा बाढी, पहिरो, आगलागी, चट्याङ जस्ता विपद्का घटनाहरुबाट कराडौँको धनजनको क्षती भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी एवम प्रहरी बरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७९÷०८० मा दुई हजार दुई सय १४ वटा विपद्का घटनाहरु घटेको जानकारी दिए । उनका अनुसार विपद्का घटनाहरुबाट घर, गोठ, टहरा, उद्योग, विद्यालय, पुल तथा बाटो अवरोधसहित छ हजार सात सय १६ स्थानमा भौतिक क्षती भएको छ भने चार सय ७२ पशुचौपायाको मुत्यु भएको छ । कर्णाली प्रदेशमा रहेका १० वटा जिल्लामा भएका बिपद्धमा परी ७२ जनाले मृत्यु र एक सय २४ जना घाईते भएको उनको भनाईछ ।

कर्णाली प्रदेस प्रहरी कार्यालयले दिएको जानकारी अनुसार विपद्का घटनाबाट बेपत्ता हुनेको संख्या २५ जना छन् । विपद्का घटनाबाट आंशिक तथा पूर्ण रुपमा २० हजार ९ सय ४५ जना विस्थापित भएको प्रहरी वरिष्ठ उपरिक्षक भट्टराईले जानकारी दिए । उनले अनुमानित ६४ करोड, ८६ लाख, ९६ हजार सात सय ८४ रुपैयाँ बराबरको रकम विपद्जन्य घटनाबाट क्षती भएको जानकारी दिए ।