Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

दलहरु बिच सहमती नहुँदा प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौं  :   प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) तीन बजेसम्मका लागि स्थगित भएको छ। संसद गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको पहलमा नयाँ बानेश्वरमा बैठक बसे पनि सहमति हुने नहुने टुंगो नलागेपछि बैठक भोलिका लागि सारिएको सभामुखको सचिवालयले जनाएको छ।

यसअघि आज १ बजेका लागि बोलाइएको संसद बैठक ४ बजेसम्का लागि स्थगित गरिएको थियो।

सभामुख घिमिरेले संसद गतिरोध अन्त्यका लागि सोमबार पहल थालेका थिए। सिंहदरवारमा सभामुखसहित शीर्ष नेताहरू बसेको बैठक अनिर्णित भएपछि अर्को बैठक बानेश्वरमा बसेको हो। बैठकमा सभामुख घिमरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएका थिए ।