Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

चन्दा असुली आरोपमा दुई जना पक्राउ


दैलेख  :   जिल्लाका स्थानीय तहमा चन्दा असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुल्लु नगरपालिका १३ का १९ वर्षिय समिर शाही र सोही ठाउँका २८ वर्षिय चन्द्र बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले दुल्लु नगरपालिकाका नगर प्रमुख भरत रिजाललाई ५० हजार रुपिँया माग गरि रसिद बुझाएको गोप्य खवर प्रहरीमा गरेपछि प्रहरीले उनीहरुलाई घर बाटै पक्राउ गरेको जानकारी दिए ।

उनले पक्राउ गरिएका दुई जनालाई जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत दैलेख बाट चन्दा ऐन २०३० सम्बन्धी मुद्धा दर्ता भईसकेको जानकारी दिए ।

चन्दा असुली गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गर्दा नेपा कम्युनिष्ट (माओबादी) पार्टीको पाँच थान पम्पलेट,सहयोगी ठेली एक थान,स्टमप्याट एक थान,पार्टीको छाप एक थान,डायरी,कपी एक–एक थान सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ ।