कोशीका सभामुख गौतमले दिए राजीनामा
मोरङ : कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्याउन पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सभामुख गोतमले पदबाट दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता भएको बताए ।
गौतमले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सल्लाह र आग्रहका साथै प्रदेशको जटिल परिस्थितिबाट निकास दिन राजीनामा दिएको बताए । उनले आफ्नो राजीनामा निकास नभएको तर परिस्थितिवस राजीनामा दिएको बताए ।