दैलेख कारागारमा पुस्तकालय स्थापना
दैलेख : जिल्ला कारागार दैलेखमा पुस्तकालय स्थापना गरिएको छ । जिल्ला कारागार दैलेखमा कैद जीवन ब्यतित गरिहेका कैदीबन्दिलाई सहज रुपमा अध्ययन अध्यापन गर्न उक्त पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको जिल्लाका विभिन्न द्योगी,ब्यबसायी,नागरिक समाजको सहयोगमा संकलन भएका दुई सय थान पुस्तक कैदीबन्दीलाई हस्तान्रण गरी कारागारमा स्थापना गरिएको पुस्तकालयको प्रहरी नायव उपरीक्षक किशोर लम्सालले आइतवार उद्दघाटन गरेका छन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक किशोर लम्सालले कारागारमा विभिन्न कथा,उपन्यास,निबन्ध,धार्मिक ग्रन्थ,सामान्य ज्ञानका पुस्तकहरु राखिएको जानकारी दिए । उनले कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरु गरेको कारागारमा पुस्तकालय स्थापना गर्ने नीती अनुरुप उक्त पुस्तकालय स्थापना गरिएको जानकारी दिए । कर्णालीका १० वटै जिल्ला कारागारमा एकसाथ पुस्तकालय स्थापना गर्ने उद्देश्यले मदन पुरस्कार विजेता तत्कालीन प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहले उक्त अभियानको सुरुवात गरेका थिए । प्रहरी प्रमुख लम्सालले तत्कालीन समयमा थालीएको र बिचमा रोकिएको कारागारमा पुस्तकालय स्थापना अभियान पुन सुचारु भएपछि दुई सय थान पुस्तक संकलन गरी पुस्तकालय स्थापना गरिएको र थप पुस्तकका लागी संकलन अभियान संचालन गर्ने जानकारी दिए ।