किसान परिचयपत्र वितरण
दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिकाले किसान परिचयपत्र वितरण सुरु गरेको छ । कृषि पेशा व्यबसायमा संलग्न रहेको किसानलाई नेपाल सरकार बाट उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागी भगवतीमाई गाउँपालिकाका तीन हजार चार सय किसानलाई किसानलाई परिचयपत्र वितरण गर्न लागेको गाउँपालिकाले जानकारी दिएको छ ।
भगवतीमाई गाउँपालिकाका कृषि अधिकृत चित्र बहादुर थापाले भगवतीमाई गाउँपालिकामा रहेको तीन हजार चार सय किसान मध्ये पहिलो चरण एक हजार पाँच सय किसानलाई किसान परिचयपत्र वितरण गरिएको जानकारी दिए । उनले स्थानीय किसाले उत्पादन गरेका कृषि जन्य बस्तुको प्रोत्साहन गर्नका लागी परिचयपत्र वितरण सुरु गरिएको जानकारी दिए ।
भगवतीमाई गाउँपालिका –४ का किसान नबिन बिसीले किसान परिचयपत्र वितरण संगै राज्यले दिने सेवा सुविधाका लागी पावर र पहुँच बाट मुक्त भइने आश लागेको बताए । उनले पहुँचका आधारमा अनुदान प्राप्त गर्ने र वास्तविक किसान मारमा परेको बेला यो अभियानले वास्तविक किसानले अनुदान पाउन सहयोग पुग्ने विश्वास लिएको बताए ।
भगवीतमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले किसान सुचिकरणका लागी गाउँपालिकाले किसान परिचयपत्र वितरण गरेको र त्यसैका आधारमा गाउँपालिकाले लगानी गर्ने जानकारी दिए । उनले कुन कृषले कुन ब्यबसाय गर्नुभएको छ उहाँको आवश्यकताका आधारमा गाउँपालिकाले अनुदान दिइने ब्यबस्था गर्न लागिएको समेत जानकारी दिए । गाउँपालिका र साझेदार सस्थाले समेत सुचिकृत भएका किसानको आय आर्जन र ब्यबसायिक रुपमा कृषि पेशमा आर्कषण गर्न प्रेरित गर्नु पर्ने उनको भनाईछ ।