Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

मानव बेचबिखन बिरुद्धको दिवसको अवसरमा प्रभातफेरी


दैलेख :  मानव बेचबिखन बिरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गरिएको छ । सबै पीडित तथा प्रभावितहरुसम्म पुगौं भन्ने आसयको नारा सहित २०२३ को मानव बेचबिखन बिरुद्धको अन्तरराष्ट्रिय दिवस प्रभातफेरी कार्यक्रम सोसेक नेपाल र जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वयमा गरिएको हो ।

दैलेख सदरमुकामको गणेशचौकबाट सुरु भएको प्रभातफेरी नयाँ बजार, देवकोटाचोक हुँदै पुरानो बजार, नारायण मन्दिरपछि देवकोटाचोकमा पुगेर कोणसभा गरी समापन गरिएको थियो । माहिला, किशोरी, बालबालिकाहरुलाई समेत श्रम शोषण, यौन दुव्र्यवहार र बलात्कार जस्ता कार्यमा जवर्जस्ती संलग्न गराउनुलाई कानूनले मानव बेचबिखन अपराधको परिभाषामा राखेको छ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउन रोकथामको सन्देश सहित यो दिवस मनाउने गरिन्छ ।

सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित ‘महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि’ लाई २०६३ भदौ २० गते तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको स्मरणमा भदौ २० गतेलाई नेपालले मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस मनाउने गरेको छ ।