Loading... आजः मङ्लबार, कार्तिक २७, २०८१
Trending

गाउँपालिकाले ग¥यो कार्य सम्पादन सम्झौता


दैलेख  :   गुराँस गाउँपालिकाले महाततका कर्मचारी संग कार्य सम्पादन सम्झौता गरेको छ । स्थानीय सरकार संचालन ऐन २०७४, निजामती सेवा ऐन २०४९ को दफा(२) निजामती सेवा नियमावली २०५० को नियम ३५(ख) बमोजीम कार्यसम्पादन सम्झौता गरेको हो । चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी कर्मचारीलाई काम गर्न निर्देशन दिदै गाउँपालिका अध्यक्ष टोप बहादुर बिसीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी संग कार्य सम्पादन सम्झौता गरेका छन । उनले कार्यसम्पादन सम्झौता संगै आर्थिक वर्ष २०८०÷०८१को नीती तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागी खर्चको अख्तियारी समेत प्रदान गरेका थिए ।

गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले गाउँपालिकाले लिएका लक्ष्य उद्देश्य पुरा गर्नका लागी कर्मचारी संग कार्य सम्पादन सम्झैता गरिएको बताए । उनले बजेट खर्चको अख्तियारी प्रदान गरेपछि गाउँपालिकाका कामहरु अगाडी बढ्ने र गाउँपालिकाले लिएका नीती तथा कार्यक्रम समयमै सम्पन्न गर्न कार्यसम्पादन सम्झौताले सहयोग पुग्ने बताए । उनलका अनुसार सम्झौता अनुसार प्रमुख प्रशासकीय अधिकृत संग गाउँपालिकाका अध्यक्षले कार्यसम्पादन सम्झौता गर्ने र गाउँपालिका महाततका सम्पुर्ण शाखा प्रमुख संग प्रमुख प्रशासकीय अधिकृतले सम्झौता गर्नुहुनेछ । गत आर्थिक बर्षमा सम्झौता अनुसार बजेट कार्यान्वयन तथा उपलब्धि प्राप्त गर्न कठिनाई भएपनि कार्य सम्पादन सम्झौता गरी काम सुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गुराँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले अघिल्लो आर्थिक वर्षमा चालुगत खर्च ८७ र पुजीगत तर्फ ७१ प्रतिशत भन्दा बढि बजेट खर्च गरिएको र यो आर्थिक वर्षमा शत प्रतिशत बजेट खर्च गर्न शाखा प्रमुख संग कार्यसम्पादन सम्झौता गरिएको जानकारी दिए । उनले सम्झौता अनुसार काम नगरको खण्डमा सम्बन्धित शाखा प्रमुख संग स्पष्टीकरण समेत सोध्ने जानकारी दिए । चालु आर्थिक वर्षमा कार्यम्पादन सम्झौता गर्ने दैलेखका ११ स्थानीय पालिका मध्ये गुराँस गाउँपालिका पहिलो बनेको छ ।