गाउँका सिचाई पोखरी “काल”पोखरी बन्दै
कमल शर्मा
दैलेख ः जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका –३ पानीखोलाका दुई जना बालीकाको पोखरीमा डुवेर बिहिवार मृत्यु भयो । घर आगनमै सिचाई गर्न चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा न ३ ले एक लाख लागतमा निर्माण गरिएको पोखरीमा बिहिवार पौडी खेल्ले क्रममा आठ वर्षिया बिपना खप्तडी मगर र पाँच वर्षिया सपना खप्तडी मगरको डुबेर मृत्यु भयो । एक लाखको लागतमा निर्माण गरिएको पोखरीमा घेरवार नगरेका कारण उनीहरुलै ज्यान गुमाउने प¥यो । मृतक बालीका फरक फरक घरका हुन ।
त्यस्तै गत साउन ३ गते दैलेखको दुल्लु नगरपालिका –३ सियालामा एकै घरका दुई बालबालीकाको पानी ट्याङकी(पोखरी)मा डुबेर मृत्यु भयो । कर्णाली नदिको छेउमा निर्माण गर्न लागिएको कर्णाली कोटछाल लिफ्टिङ सिचाई आयोजनाले निर्माण गरेको ट्याङकीमा डुबेर १२ वर्षीय दिनेश महत र छोरी ९ वर्षीया अनिता महतको मृत्यु भएको थियो । सिचाँइको समाधान गर्न कृतिम जलाशायलाई प्रथामिकतामा राखेर दैलेखका प्रत्येक पालिकाका वडाहरुमा निर्माण गरिएका सिचाई पोखरी बालबालीकोको बाल बन्न पुगेका छन । संघिय सरकार,प्रदेश सरकार वा स्थानीय सरकारले सिचाई पोखरी निर्माण गरेपनि त्यही सिचाई पोखरी बालबालीकाको काल बन्ने गरेको छ ।
जिल्लाका अधिकाँस स्थानमा निर्माण गरिएका सिचाई पोखरी घरेवार नगर्दा बालबालीकाको मृत्यु हुने संख्या बढ्को जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल प्रसाद आर्चायले सिचाई पोखरी निर्माण गरेपनि त्यसको घरवार नगर्दा पानीमा डुबेर मृत्यु हुनेको संख्या बढ्दै गएको जानकारी दिए । उनले सिचाई पोखरीमा मात्र डुबेर मृत्यु भन्दा पनि पानीमा डुबेर मृत्युभएको,बगेको जस्ता घटनाहरुलाई भवितब्य जान गएको तथ्याङकमा राख्ने गरेको बताए । उनका अनुसार दैलेख जिल्लामा १३ आर्थिक वर्षमा दुई सय ४१ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०६७/०६८मा ६ जना, २०६८/०६९ मा २५ जना,२०६९/०७०मा १५ जना,२०७०/०७१ मा १० जना २०७१/०७२ मा १३ जना,२०७२/०७३ मा २७ जना रहेको छन । त्यस्तै आर्थिक वर्ष २०७३/०७४ मा १८ जना२०७४/०७५ मा १० जना,२०७५/०७६ मा १५ जना,२०७६/०७७ मा ९ जना,२०७७/०७८ मा ३४ जना,२०७८/०७९ मा २४ जना,२०७९/२०८०मा ३१ ज्ना गरी २४१ जनाको मृत्यु भएको छ ।
बालबालिकाहरु खेल्ने क्रममा र ठूला व्यक्तिहरु बगेर, पौडी खेल्दा, नुहाउने क्रममा पानीमा डुबेर मृत्यु हुँदै आएको छ । केही हेलचेक्राँई गर्दा डुबेर मर्ने गरेका छन भने केही अज्ञानता, पौडिन नसक्दाका कारणले मृत्युवरण गर्दै आएको प्रहरी निरीक्षक आर्चायले जानकारी दिए ।