Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

पोखरीमा डुवेर दुई बालीकाको मृत्यु

दैलेख  :  पोखरीमा डुबेर दुई बालीकाको मृत्यु भएको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका –३ पानीखोलाका दुई बालीकाको पोखरीमा डुवेर बिहिवार साझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल प्रसाद आर्चायले सिचाईका लागी निर्माण गरिएको पोखरीमा डुबेर आठ वर्षिया बिपना खप्तडी मगर र पाँच वर्षिया सपना खप्तडी मगरको मृत्युभएको जानकारी दिए । उनले घर नजिकै सिचाई पोखरीमा पौडी खेल्न गएको अवस्थामा डुबेर मृत्यु भएको जानकारी दिए ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नः ३ का वडाअध्यक्ष दिप बहादुर शाहीले यो आर्थिक वर्षमा वडा कार्यालय बाट एक लाख रुपैया बिनियोजन गरी उक्त सिचाई पोखरी निर्माण गरिएको बताए । उनले भने एक लाख रुपिया बजेटमा निर्माण गरिएको पोखरी घेरवार नहुँदा बालीकाले ज्यान गुमाउनु परेको बताए ।