आगोमा परी घाइते भएका बालकको उपचारमा समस्या
दैलेख : आगोमा परी घाइते बालकको उपचारमा समस्या भएको छ । जिल्लाको नौमुले गाउँपालिका –२ बालुवाटार बस्ने पाँच वर्षिय बालक सुजल दर्लामीको आर्थिक अभाकाका कारण उपचारमा समस्या भएको हो । गत चैत ६ गते गुन्द्री बुन्न राखेको परालमा आगो लागेर घाइते बालक सुजल दलार्मी घाइते भएका थिए । आगोलमा परेर घाइते भएका सुजललाई उपचारका लागी काठमाडौँ पु¥याइएको भएपनि आर्थिक अवस्था कमजोर भएका कारण परिवारले घर फर्काएको स्थानीय कमल न्यौपानेले जानकारी दिए ।
उनले आगोमा परेर घाइते भएका बालकको अवस्था देखेपछि सुजल दर्लामी बचाउँ अभियान संचालन गरी रकम संकलन गरिरहेको बताए । घरको कोठामा सुताएर राखिएको र घाउँ हेर्दा जोखिम देखेपछि आफुहरुले उक्त अभियान संचालन गरिएको उनको भनाईछ । उनका अनुसार अहिले सम्म विभिन्न ब्यक्तिहरु बट एक लाख ५० हजार भन्दा बढि रकम संकलन गरिएको छ ।
नौमुले गाउँपालिकाका अध्यक्ष छबि सुबेदीले बालकको उपचारका लागी काठमाडौँ सम्म गाउँपालिकाको एम्बुलेन्समा पठाएको भएपनि आर्थिक अभावका कारण परिवारले घर फर्काएको जानकारी दिए । उनले गाउँपालिकाले २५ हजार रुपैया र एम्बुलेन्स सहयोग गरेको भएपनि आर्थिक अवस्था कमजोर भएका कारण बालकलाई घरमै राखेको बताए ।
घाइते बालकका बुवा तील बहादुर दर्लामी समेत शाररिक रुपमा असक्त र आन्द्रामा अल्सर भएका कारण आफै बिरामी भएको बेला छोरा जलेर घाइते भएका कारण उनीहरुको परिवारमा समस्या भएको स्थानीय कमल न्यौपानेले जानकारी दिए । आर्थिक अबस्था कमजोर भएका कारण बुवाको उपचार नभएको बेला छोरा पोलिएपछि दर्लामी परिवारमा आर्थिक संकट सगै उपचारको अभावमा रहेको छ । सुजल दर्माली संगै आगोमा परेर घाइते बालीका निर्मला सलामीको समेत उपचारमा समस्या भएको छ ।