Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

A man with brown hair, wearing a dark blue collared shirt, black pants and gray shoes,, screaming out loud, while a blonde and brown haired law enforcers, wearing a navy blue police uniform set and shoes, black utility belt, gold badges on the left chest and cap, tries to stop and contain his raging self

काठमाडौं  :   बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार योगराज पौडेल र नारायण दास मिश्र पक्राउ परेका हुन्। तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा पौडेल र खरिददार मिश्रलाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

सीआइबी स्रोतका अनुसार यस प्रकरणमा केही पूर्व सचिव, बहालवाला सचिव र पूर्वमन्त्री समेत संलग्न भएको प्रमाण प्रहरीले फेला पारेको छ।
ललिता निवास जग्गा प्रकरणमा संलग्न ४ सय ६ विरुद्ध पक्राउ पुर्जी जारी भएसँगै मुलुकको उच्च पदमा रहेका व्यक्ति पनि समातिन थालेका हुन्। असार १२ यता ललिता निवास प्रकरणमा १५ जना पक्राउ परेका छन्। जसमा १२ हिरासतमा छन् भने ३ जना छुटेका छन्।

पक्राउ पर्नेमा भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ, समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही बनेका देवनारायण महर्जन, नक्कली मोही बाबुराजा महर्जन, नापी कार्यालयका तत्कालीन कर्मचारी घमनकुमार कार्की, तत्कालीन वडासचिव शिवजी भट्टराई, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र गोपाल कार्की छन्। आइतबार सञ्चार सचिव कृष्णबहादुर राउत, धुव्रप्रसाद अर्याल र लोकहरि घिमिरे पक्राउ परे।

यो प्रकरणमा जोडिएका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मीनबहादुर गुरुङलगायत ९ जनालाई हिरासतमा नै राखेर अनुसन्धान भइरहेको छ। यसअघि पक्राउ परेका मोलपोत अधिकृत सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर आफन्तको जिम्मा लगाएको थियो। उनीहरूले पक्राउ गर्न नमिल्ने स्टे अर्डर लिएर बसेका थिए।

अनुसन्धानमा आवश्यक परेको अवस्थामा उनीहरू हाजिर हुनुपर्ने शर्त छ। बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा पाँच जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा संलग्न तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको छ। ललिता निवास प्रकरणमा ती पूर्वसचिवहरूसमेत गरी ४ सय ६ जनाविरुद्ध अदालतबाट पक्राउ अनुमति (पुर्जी०)लिइएको छ। तीमध्ये कतिपयलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको छ भने कतिपयको खोजी जारी रहेको प्रहरीले जनाएको छ।