Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

बेरुजु असुल गर्न सार्वजनिक लेखा समितिको निर्देशन


सुर्खेत  :   कर्णाली प्रदेशको सार्वजनिक लेखा समितिले कर्णाली प्रदेश मन्त्रालय मातहतका सरकारी कार्यालयहरूलाई बेरुजु असुल गर्न निर्देशन दिएको छ । लेखा समितिको बिहीबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएका बेरुजु र त्यसको फर्छ्यौटको विषयमा वृहत् रूपमा छलफलपछि यस्तो निर्णय गरिएको लेखा समितिका सदस्य सन्तोषी शाहीले जानकारी दिइन् ।

महालेखापरीक्षकको कार्यालयले कर्णाली प्रदेश सरकार र सरकार मातहतका कार्यालयहरूमा नियमित बेरुजु, असुल उपर बेरुजु र पेस्की बेरुजु भएको देखाएको छ । त्यसमा असुल उपर गर्नु पर्ने बेरुजु रकम ३६ करोड २१ लाख ८७ हजार ८७६ रुपैयाँ बराबरको रहेको छ । उपभोक्ता समिति, ठेकेदार पदाधिकारी र कर्मचारीहरूको नाममा रहेको छ । सुरुवाती चरणमा तत्काल समितिले पदाधिकारी र कर्मचारीहरूको तलब भत्ताबाट कटौती गरी असुल उपर गर्न निर्देशन दिएको छ ।