Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

फोर्स गाडी दुर्घटना, एक जनाको मृत्यु

सुर्खेत  :  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट नेपालगन्ज जादै गरेको फोर्स गाडी भेरी पुल नजिकै दुर्घटनामा परेको छ । रत्न राजमार्गको सुब्बाकुना–छिन्चु खण्डको भेरी पुल नजिकै फोर्स गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना यात्रु घाइते छन् । मृत्युु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२२ बस्ने ५० वर्षीय फहित अन्सारी छन् । गम्भीर घाइते अन्सारीको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

अन्य घाइतेको माया नर्सिङ होममा उपचार भईरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । भे १ ख ३७५० नम्बरको फार्स ओभरस्पिडका कारण अनियन्त्रितहुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।फोर्सले सडकमा राखिएको किलोमिटर संकेत दिने पिल्लर नै भत्काएर २० मिटर पर पुगेर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।