Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

बुधवार बाट मन्त्रालयगत विनियोजित बजेटमाथि छलफल सुरु


सुर्खेत  :  कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रमको मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफल सुरु गर्ने भएको छ । उक्त छलफलका लागि आज बसेको प्रदेशसभा बैठकमा कार्यसूची सार्वजनिक गरिएको छ । सभामुख नन्दा गुरुङले कार्यसूची पेस गरेकी हुन् ।

सार्वजनिक गरिएको कार्यसूची अनुसार असार १३ र १४ गते भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ । असार १५ र १६ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयको छलफल हुनेछ ।असार १७ र १८ गते आर्थिक मामिला तथा योजना मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको छलफल हुने जनाइएको छ ।

प्रदेशसभाका सचिव जिवराज बुढाथोकीका अनुसार असार १९ र २० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश योजना आयोग, लोकसेवा आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालयका लागि विनियोजित बजेटबारे छलफल हुनेछ ।