Loading... आजः शुक्रबार, बैशाख १९, २०८२
Trending

ट्याक्टर दुर्घटनामा एकको मृत्यु,चार घाइते


दैलेख  : ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन । दैलेखको तल्लोडुगेश्वर बाट दुल्लु तर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका –१ गडापानीमा गएराती दुर्घटना हुँदा चार जना घाइते र एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डिएसपी) किशोर लम्सालले ट्याक्टर दुर्घटनामा चार जना घाइते भएको र एक जनाको मृत्यु भएको जानकारी दिए । उनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुल्लु नगरपालिका –१ की अन्दाजी वर्ष २१ की डिलमाया खड्काको मृत्युभएको र दुल्लु नगरपालिका –१ की अन्दाजी वर्ष १८ की जानु कुमारी खड्का,दुल्लु नगरपालिका–५ को वर्ष १९ को भरत शर्मा,र अनय दुई जनाको नाम खुल्न बाँकी रहेको जानकारी दिए ।
उनले ट््याक्टर दुर्घटनाको खवर हुनसाथ प्रहरी चौकी तल्लोडुगेश्वर बाट प्रहरी नायव निरीक्षक सुर्य बहादुर कार्कीको टोलीले उद्धार गरी घाइतेहरुलाई प्रदेश अस्पताल सुर्खेतमा पठाएको भएपनि एक जनाको मृत्यु भएको जानकारी दिए । उनले भने ट्याक्टरमा सवार पाँच जना मध्ये दुई जना सामान्य घाइते भएको दुर्घटना स्थल बाट घर गएका थिए । ट्याक्टर चालक फरार रहेकाले प्रहरीले खोजी गरीरहेको प्रहरीले जानकारी दिएको छ ।