कालिकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु
कालिकोट : कालिकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। गयराति १२ बजेतिर शुभकालिका गाँउपालिका–६ चिसापानीस्थित बेहुली पान्तडी सडकखण्डमा चौकी बजारदेखि हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको बोलेरो जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी जयस्वर रिमालले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा शुभकालिका गाँउपालिका( २ भर्ताका ३० वर्षका गाडी चालक हर्के कामी, वडा नं ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख जिल्ला नौमुले घर भएका २५ वर्षिय गोपाल सलामी मगरको मृत्यु भएको हो। जीप के कारणले दुर्घटना भयो भन्ने विषयमा खुलेको छैन। दुर्घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरीक्षक यक्षराज जोसीको नेतृत्वमा टोली घटनास्थल खटाइएको छ।