एमालेमा जान तयार छु : वामदेव गौतम
काठमाडौं : राष्ट्रिय सभाका सांसद एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेकपा (एमाले) मा प्रवेश गर्न तयार रहेको बताएका छन । पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै उनले बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीसहित एमालेमै फर्कन तयार रहेको प्रतिक्रिया दिए । आफू एमालेमा फर्किन अध्यक्ष केपी ओलीले प्रस्ताव गर्नुपर्ने शर्त उनको छ।
विगतमा आफूलाई रोक्नकै लागि ७० वर्षे उमेरहदको प्रस्ताव ल्याइएको गौतमको बुझाइ छ। उनले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गरेका छन । एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै गौतमले एमालेप्रति माया लाग्ने बताए ।